को हुन् रिटा माटोस?

हाम्रो कला/विश्व

रिटा माटोस नाम गरेकी युवती ब्राजिलको शहर रियो दे जानिरोको सडक सफा गर्ने काम गर्थिन् । सडकमा बढारेर जीविका चलाउँथिइन् ।
तर, एक दिन कुनै बटुवाले उनलाई कुचो लगाइरहेको देख्यो । उनको फिगर, अनुहार, कपाल सबै अनुपम देखेपछि सुटुक्क उसको फोटो खिचेर सामाजिक सञ्जालमा हालिदियो । सामाजिक सञ्जालमा उनको चौतर्फी चर्चा भयो, जसरी केही समयअघि नेपालमा तरकारीवालीको चर्चा भएको थियो ।

‘म यस्तो चर्चित हुन्छु भन्ने कहिल्यै सोचेकै थिइनँ । सुरुमा त मलाई मानिसले उडाइरहेका छन् जस्तो लागेको थियो । तर, होइन रहेछ, सबैले मेरो तारिफ नै गरेका रहेछन्,’ डेढ वर्षअघिको घटना सम्झँदै उनले भनिन् ।

त्यसपछि उनलाई मोडलिङ क्षेत्रमा प्रवेश गर्ने प्रस्ताव आयो । उनले विभिन्न संघसंस्थाका लागि फोटोसुट गराउने, विज्ञापनमा अभिनय गर्ने, र्‍याम्पमा हिँड्ने आदि गर्न थालिसकेकी छिन् । उनी ब्राजिलकी चर्चित मोडल भइसकेकी छिन् ।

Comments
Related News