टिक–टकमा रमाउँदै पूर्व युवराज्ञी ‘हिमानी शाह’

सिनेपत्र/काठमाण्डौं

पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार समाजिक संजालमा निकै सक्रिय देखिएको छ । उनीहरु सामाजिक संजालमा सक्रिय भइरहदाँ उनीहरुको हरेक क्रियाकलाप सामाजिक संजालमा भाइरल पनि भइरहेको छ ।
सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको टिक–टकमा छोरीहरुसँग गरिएका डान्स भाइरल बनिरहेरको छ ।

छोरी पूर्णिका शाह तथा क्रि शाहको टिक–टक अकाउन्टबाट बनाइएको उक्त भिडियोमा पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरीसँगै डान्स गरिरहेको देख्न सकिन्छ । उनीहरुले ‘गुराँसको फेद मूनी’, ‘यो मन त मेरो नेपाली हो’ बोलको गीत तथा थुप्रौ अंग्रेजी गीतहरुमा बनाइएको टिक–टक भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
हुन त, पछिल्लो समय लकडाउनको कारण थुप्र्रौ हस्तिहरु टिक–टक बनाएको देखिन्छ । प्राय, सामाजीक कार्यमा सक्रिय देखिने पूर्व युवराज्ञी हिमानी शाहलाई एका एक टिक–टकमा डान्स गरेको देख्दा सबैलाई नौलो लागेको छ । उनको त्यो कलालाई समाजीक संजालमा थुप्र्रौले कमेन्ट पनि गरेका छन् ।
भाइरल टिक–टक भिडियोमा पूर्व युवराज्ञी शाह खुला कपाल छोरीहरुसँग नाच्दा कुनै सेलिब्रेटी भन्दा कम देखिएकी छैनन् । पछिल्लो समय उनी लकडाउनका कारण आफ्नो परिवारसँग घरमै समय विताइरहेकी छन् ।

Comments
Related News