नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

सिनेपत्र/काठमाण्डौं

चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन् ।
Comments
Related News