‘बहुबली–२’ ट्रेलर रिलिज, नक्कल गरेको प्रतिक्रिया
हाम्रो कला /बलिउड
बलिउडमा राम्रो ब्यापार गर्न सफल चलचित्र ‘बाहुबली’ को सिक्वेल ‘बहुबली–२’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज भएको केही समय भित्रै करोडौं दर्शकहरुले हेरीसकेका छन् ।
ट्रेलर सार्वजनिक भए पछि सोसल मिडियाहरुमा यस चलचित्रको चर्चा झनैं चुलिएको छ । ट्रेलरमा देखाइएको केही दृश्य सन् २०१४ मा रिलिज भएको हलिउड चलचित्र ‘हर्रकुलस’ संग समान रहेको पनि केही भारतीय अनलाइन मिडियाहरुले दाबी गरेका छन् ।
दक्षिण भारतीय भाषामा रिलिज भएको ट्रेलरमा प्रभाष राणा दग्गुवती, अनुष्का सेठ्ठी लागायतका कलाकारहरुले अभिनय गरेका छन् । एस एस राजा मौलिको निर्देशनमा तयार भएको यस चलचित्रमा महेन्द्र बाहुबली र देवसेना पात्र विचको प्रेमलाई देखाउन खोजिएको छ ।
यो चलचित्र आउदो २८ अप्रिलमा रिलिज हुने भएको छ ।




