‘टिकटक स्टार’ आयोजना हुदैं, विजेतालाई चलचित्रमा कामका साथै गाडी उपहार

सिनेपत्र/काठमाण्डाै‌

एच.पी ईन्टरटेन्मेटको आयोजनामा टिकटक स्टार अनलाईन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमानैं बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर सहित कार्यक्रम गर्न लागीएको आयोजक संस्थाले बताएको छ ।

प्रतिभा भएका तर अवसरवाट बन्चित प्रतिभाका लागी आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताउनु भएको छ । उहाँका अनुसार कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर पुराएको क्षति र लामो समय सम्मको बन्दाबन्दी तथा निषेधआज्ञा पछि पनि जनजिवन कहिले सामान्यरुपमा आउछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र उधोगका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाईनबाटनै प्रतियोगीतामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार,स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । कार्यक्रममा भाग लिने सहभागीले एच.पी ईन्टरटेन्मेटको अनलाईन पोर्टल http://ppfilmy.com/ गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।

साथै केहि समय अगाडी उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पेटिसन’ सम्पन्न गराएको थियो । जसको विजेताले नगद पाँच लाख रुपैया सहित अन्य विभिन्न आर्कषक पुरस्कारहरु प्राप्त गरेका थिए ।

हेर्नुहाेस् भिडियाे ।

Comments
Related News