तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ सम्पन्न

समारोहमा देश तथा विदेशमा क्रियाशील आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई ३४ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बोर्डका अध्यक्ष दिनेश डिसी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा कविता आले, धिरेन शाक्य तथा राजेन्द्र खड्कीको उपस्थिति रहेको थियो।
क्वालिटी फिल्मस् ले आयोजना गरेको अवार्ड समारोहको संयोजन उमेश गुरुङ र सनी लिम्बुले गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार अनिल गुरुङ तथा अग्रज गायक एवं संगीतकार कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।
साथै विकास बोर्डले आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरेको छ ।



