सातौं बिग आईकन सुवास गुरुङ बने

हाम्रो कला /पोखरा 

पोखरा लेखनाथका सुवास गुरुङ सातौँ सँस्करणको बिग आइकन बनेका छन् । चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । दोस्रो सहभागितामा उपाधि चुमेका सुवासले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे ।

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा भिडेका थिए । तीन जनाबाट विजेताको छनौट भोट मार्फत गरिएको हो । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु यहाँसम्म आइपुगेका हुन् ।

यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए ।

Comments
Related News