नेपाली भाषामा पनि बन्यो ‘राजामती’ !

सिनेपत्र/काठमाण्डौै

नेवा भाषाको विभिन्न भाकामा गायीएको गीत ‘राजामती’लाई नेपाली भाषामा तयार गरिएको छ । काठमाण्डौँ, कमलपोखरीमा रहेको सिटि सेन्टरमा एक कार्यक्रमको बिचमा “राजामती” को म्युजिक भिडियोलाई सार्बजनिक गरिएको छ ।

बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा संचालन भएको उक्त कार्यक्रमा नेपालका पहिलो औपचारिक गीत गाएका सेतुराम प्रधानको बारेमा तयार परिएको वृत्तचित्र सार्बजनिक पनि गरिएको थियो ।


कार्यक्रममा नेवा भाषाको राजामती चलचित्रमा अभिनय गर्नु भएका कलाकार, गायक सेतुराम प्रधानका परिवार तथा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमको प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ “आफु पनि राजमती चलचित्रमा राजमतीको बुवाको भुमिका निर्वाह गरेको जुन चरित्रलाई दर्शकले अतिनै मन पराएको कुरा बताउँनु भएको थियो ।”

कार्यक्रममा बोल्नु हुँदै सभाध्यक्ष तथा राजामति गीतको निर्देशक शबनम मुखियाले “आफुलाई राजमती गीत एकदमै मन पर्ने , तर गीतले के भने भाषा नबुझे पनि गीत अति मन पर्ने गरेको जस्ले गर्दा सबैले बुझ्न सजिलो होस् भन्ने हेतुले राजामतीलाई नेपाली संस्करणमा पस्किएको बताउँनु भयो ।”


नेपाली भाषाको गीतको म्युजिक भिडियोलाई नेपालको पहिलो महिला छायाँकार शवनम मुख्याले निर्देशन गरेकि हुन् । कुष्ण काफ्लेको स्वर रहेको नेपाली संस्करणको शब्द कृष्ण देवि रिमालले लेखेका हुन् । रश्मी प्याकुरेलको लगानी रहेको राजमतीको नेपाली गीतलाई दिपक बज्रचार्यले खिचेका हुन् । गीतलाई सम्पादन अरुण शर्मामाले गरेका छन् । सागर खनाल र शोनी लगुनको मुख्य अभिनय रहेकोछ ।


नेवा भाषामा सेतुराम प्रधान राजमतिलाई पहिलो पटक गाऊनु भएको थियो ।

हेर्नुहोस् गीतको भिडियो !

 

Comments
Related News