देश दौडाहा पछी राजधानी फर्कदैं ‘प्रेमगीत २’

हाम्रो कला/काठमाण्डौं
साउन १३ गते देखि प्रदर्शनको प्रतिक्षामा रहेको चलचित्र ‘प्रेमगीत २’ आफ्नो देशब्यापी प्रचार प्रसार राजधानी बाहिर पुरा गरेको छ । तनहुँको दमौलीबाट शुरु भएको उक्त यात्राले झापाको बिर्तामोडबाट बिट मारेको छ । एकसाता लामो यात्रामा फिल्म युनिट दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगञ्ज, बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा पुगेको थियो ।

कथा/संवाद तथा निर्देशन रामशरण पाठकको रहेको चलचित्रलाई निर्माता सन्तोष सेनले निर्माण गरेका हुन् । नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको चलचित्रमा प्रदीप खड्का,अश्लेषा ठकुरी,कैलाश कटुवाल, कविता रेग्मी लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

अब राजधानी बाहिर पछि चलचित्र युनिटले काठमाडौं, ललितपुर र भक्तपुरमा  कार्यक्रम गर्नेछ ।

हेर्नुहोस् ट्रेलर ।

Comments
Related News