आयो ‘कुम्भ करण’ को दोहोरी गीत

हाम्रो कला/काठमाडौं
चलचित्र ‘कुम्भ करण’ को गीतको भिडियो सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘कुटु कुटु’ बोलको उक्त गीतमा मधुर आचार्यको शब्द तथा संगीत छ, भने सुधा रत्न र समीर आचार्यको स्वर रहेको छ ।

विधालयको कर्मचारी र शिक्षिकाबीचको प्रेम कथालाई देखाईएको चलचित्र ‘कुम्भ करण’ लाई दीपक वलिले निर्देशन गरेका हुन् । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारीे लगायतका कलाकारहरुको अभिनय चलचित्रमा देख्न पाईनेछ ।

प्रदर्शनको मिति भने सार्वजनिक गरिएको छैन ।

भिडियो हेर्नुहोस् ।

Comments
Related News