‘ए मेरो हजुर–२’ को गीत सार्वजनिक
हाम्रो कला/काठमाण्डौं
सुहाना ईन्टरटेन्टमेन्टको ब्यानरमा सुनिल कुमार थापा निर्मित तथा नायिका झरना थापाद्धारा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ को गीत सार्वजनिक भएको छ ।
स्व.नायक श्रीकृष्ण श्रेष्ठ तथा स्व.निर्देशक शिव रेग्मी प्रति सम्मान प्रकट गर्दै सार्वजनिक “कसम हो कसम…” बोलको उक्त गीतमा गीतकार डा.कृष्णहरी बरालको रचना रहेको छ । सुगम पोख्रेलको स्वर र कल्याण सिंहको संगीत रहेको उक्त गीतमा रेनिसा राईको निर्देशन रहेको छ ।
साम्रज्ञी राज्य लक्ष्मी शाह र शलिन मान बानियाँको रोमान्सलाई गीतमा आर्कषक ढंगले प्रस्तुति गरिएको छ ।
चलचित्र भने २०७४ भाद्र १६ मा प्रर्दशनमा आउदैंछ ।
भिडियो हेर्नुहोस् ।
Comments
Related News
Latest Updates
Trending
Videos


