‘झिल्को’बाट फिल्ममा फर्कँदै अभिनेता सुनिल पोखरेल

सिनेपत्र/काठमाण्डौै

चलचित्र ‘झिल्को’बाट निर्देशक यादव कुमार भट्टराईले ६ वर्षपछि निर्देशनमा फर्कने भएका छन् । ‘झोला’बाट निर्देशन डेव्यु गरेका उनी निर्देशित पछिल्लो चलचित्र ‘भोर’ सन् २०१८ मा प्रर्दशन भएको थियो ।

आगामी माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको चलचित्रले वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्ने निर्देशक भट्टराईले बताएका छन् । रंगमञ्चको दुनियाँमा जमेका तथा पछिल्लो समय नेपाली चलचित्रमा दबदबा कायम गरेका अधिकांश कलाकारका गुरु सुनिल पोखरेलले १३ वर्षपछि ‘झिल्को’बाट चलचित्रमा फर्कन गर्न लागेका हुन् । पछिल्लो पटक उनी सन् २०११ मा आएको चलचित्र ‘आचार्य’मा देखिएका थिए ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई दीपक बज्रचार्यले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । सिनेमामा आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्लेको संगीत र नगेन्द्र घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी पाएका छन् ।

बिहीबार साँझ गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरियो हो। सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल लगायतको मुख्य भूमिका रहनेछ ।

भिडियो रिपोर्ट हेर्नुहोस् ।

 

Comments
Related News