चलचित्र ‘दुई कदम’ बाट नव नायक इओन लिम्बुको ईन्ट्री

सिनेपत्र/काठमाण्डौं

चलचित्र ‘दुइ कदम’ बाट नेपाली सिने जगतमा सम्भावना सहितको नव नायकको ईन्ट्री हुदैंछ, उनि हुन् इओन लिम्बु । लभस्टोरी जनराको उक्त चलिचित्रमा उनि पहिलो पटक नायकको रुपमा देखिदैछन् ।करिव ५ बर्षको मेहनत , अध्ययन र तयारी पछि  चलचित्र क्षेत्रमा लागेको लिम्बु बताउछन् ।


उनले ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टडिज बाट हाल चौथो बर्षमा अभिनयको कक्षा लिइरहेका छन् भने उनले नृत्य , फाइट तथा  भोकलको समेत कक्षा लिएर आफूलाइ तयार गरि आएका हुन् । यस अघि उनले शिल्पि थिएटर बाटपनि अभिनय कक्षा लिइसकेका छन् ।
अग्लो कद , हेर्दा आर्कषक देखिने र अभिनय र डाइलक डेलिभरीमा दम भएका  कारण चलचित्र दुइ कदममा मुख्य रोलको अफर गरेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्र निर्देशक सुब्बा भन्छन् “म चकलेटि फेस भएको टिनएजर्स हिरो खोजिरहेको थिए , त्यहि समयमा भने जस्तो क्यारेक्टर भेटे पछि इओनलाई चलचित्रमा डेब्यू गराएको हुँ।” चलचित्रको कथाबस्तु अनुसार इओनको क्यारेक्टर म्याच भएको सुब्बाको भनाइ छ । चलचित्र दुइ कदम आगामी मंसिर २९ मा रिलिज हुने भएको छ ।

Comments
Related News