मुख्य दलका विद्यार्थी भातृ संगठनद्धारा नेपाल-भारत सीमामा काँडेतार लगाउँने एक्यबद्धता !(फोटो फिचर)

सिनेपत्र/काठमाण्डाैं

प्रदर्शनको तयारीमा रहेको नवल खड्काको लेखन तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ ले काठमाण्डौँमा एक कार्यक्रम आयोजना गरि नेपाल-भारत सीमामा काँडेतार लागाउन प्रस्ताव गरेको छ । शुक्रबार काठमाण्डाैंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै चलचित्रको निर्माण टोलिले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो ।

चलचित्र काँडेतारका निर्माता, निर्देशक तथा लेखक समेत रहेका नवल खड्काको सभापतित्वमा संचालन भएको नेपाल र छिमेकीसँगको सुमधुर सम्बन्धको लागि प्रस्तावना नामक कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल ,अनेरास्ववियू अध्यक्ष सुनिता बराल, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष प्रकाश शाही,समाजवादि विद्यार्थी युनियन अध्यक्ष रुक नारायण श्रेष्ठ,अखिल क्रान्तिकारी अध्यक्ष रुक हरि कृष्ण गजुरेल, अखिल क्रान्तिकारी (नेकपा बहुमत निकट) अध्यक्ष मिलन राई, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघगठन उपध्याक्ष निराजन बम लगाएत विभिन्न व्यक्तित्वको उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो ।

 

कार्यक्रममा बोल्नु हुँदै काँडेतार अभियानका संयोजक तथा निर्देशक नवल खड्काले ‘नेपालका लागि खुला सीमाना घातक भएको त्यसैले हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं ।’ भन्ने कुरा बताए

 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ ।’

अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’

पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए ।

चलचित्रमा नवल खड्का ,गाैरब पहाडी ,सुरबिना कार्की ,रेविका गुरूङ्ग,प्रशान्त यादव, मुरलिधर,संजय खतिवडा ,राेमियन लिम्बू , प्रेम सुब्बा, पुष्प श्रेष्ठ ,पर्शुराम चाैधरी, महेश गिरी,श्री केशव रायमाझी , रवि कुमार शाह,ज्ञानेन्द्र काेइराला ,केवल जङ्ग कुवर ,खेम नेपाली , राम बिश्वास ,छवि बैरागी ,मातृका घिमिरे ,राजेन्द्र भगत,पन्नालाल सिक्दार, प्रेम कार्की ,अन्जु के.सि., प्रतिक श्रेष्ठ , रामेश्वर बुर्लाकाेटी रतु चाैधरी,कल्पना पाण्डे ,लक्ष्छुमन पून्य, कालुराम खवास, भरत गुरागाई, राेमन कट्टेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्रमा माकिको राई तथा अन्जु केसि निर्माता रहेका छन् । सौरभ लामाको छायांकन रहेको काँडेतारलाई तारा थापा किम्भे तथा बन्दे प्रसादले सम्पादन गरेको छन् ।

Comments
Related News