‘दोख’ को बम्पर ओपनीङ्ग !
सिनेपत्र/काठमाण्डाैं
‘दोख’ ले बम्पर ओपनीङ्ग गरेको छ । असार २४ गते, शुक्रबारबाट प्रदर्शनमा आएको दोखले पहिलो शो हासफुल भएको छ । नयाँ बानेश्वर स्थित, वन सिनमाज्मा बिहानी पहिलो शो हासफुल गरेको हो ।

चलचित्र राजन कठैतले लेखेका हुन् । अनुप बरालले निर्देशन रहेको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायत कलाकारको सिनेमामा अभिनय रहेको छ ।
‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos




