साउथ इन्डियन चलचित्रका चर्चित अनुहार , नेपाली चलचित्रमा !
सिनेपत्र/काठमाण्डाैं

अभिनेत्री निता ढुङ्गानाको निजी कम्पनी निता फिल्मस्को तर्फबाट बन्न लागेको पहिलो चलचित्र ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रिय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरूलाई जोड्दै लगेका छन् ।

केही महिना अघि मात्रै बलिउडका सिनेमाटोग्राफर कबिर लाल अभिनेता प्रदीपराज रावत , ’पुष्पा’ भिलेन सुनिल बर्मा तथा चर्चित कमेडियन अलीलाई अनुबन्ध गरेको निर्माण टिमले हालै अर्का चर्चित भारतीय कलाकारलाई भित्र्याएको छन् । निर्माण टिमले दक्षिण भारतीय चलचित्रका कमेडी कलाकार ब्रह्मानन्दलाई अनुबन्ध गरीएको खबर सार्वजनिक भएको छ । निर्देशक चन्द्र पन्तले ब्रह्मानन्दमसँग कागजी सम्झौता गरेका हुन् ।

कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दमले संसारमै सर्वाधिक धेरै चलचित्रमा अभिनय गर्ने जीवित कलाकारको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । ‘ह्रस्व दीर्घ’ निर्देशक चन्द पन्तले उनलाई निवासमै गएर भेट गरेका हुन् । चरित्र बलियो भएकाले ब्रह्मानन्दम चलचित्रमा अभिनय गर्न राजी भएको चन्द्र बताउँछन् । उनलाई प्रतिदिन ८ लाख भारु (नेपाली १३ लाख आसपास) दिने गरी सम्झौता भएको बताइएकोछ ।

चलचित्रका अभिनेता हरिहर अधिकारीले यस खबरको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत गराएका हुन् । हाल स्क्रिप्टको काम भइरहेको भनिएको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । यो चलचित्रमा मुख्य अभिनेतामा हरिहर अधिकारी र अभिनेत्री निता ढुङ्गाना हुनेछन् ।





