‘हिजोआजका कुरा’ असोज २८ मा रिलिज हुने

सिनेपत्र/काठमाण्डाैं
कलाकार सन्तोष पन्तको निर्माण तथा अभिनय रहेको चलचित्र ‘हिजोआजका कुरा’ आगामी असोज २८ गते रिलिज हुने भएको छ ।यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय रहेको छ ।
चलचित्र सन्तोष पन्तको कथामा छोरा साकार पन्तले निर्देशन गरेका हुन् । आइतबार फिल्मको निर्माण पक्ष र वितरकको बैठकले प्रदर्शन मिति तय गरेको हो ।
Comments
Related News
Latest Updates
Trending
Videos




