माैलिक संस्कृति जोगाउदै चलचित्र ‘वेलकम टु हेम्जाकोट’ (भिडियो सहित)

सिनेपत्र/काठमाण्डाै

तिहारमा देउसी भैलाे खेल्ने  निकै पुरानाे नेपाली परम्परा हाे । अहिलेकाे पुस्ताले माैलिक देउसी भैलाे प्रति मोह गुमाउदै गहिरहेकाे छ । तिहारमा खेलिने देउसी भैलाेको गीत समावेश गरेर केही चलचित्रहरुले माैलिकता जोगाउने प्रयास गरीरहेकाे अवस्थामा वहुप्रतिक्षित चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को पहिलो गीत सार्वजनिक भएको छ । तिहारको मेसो परेर चलचित्रमा समावेश भएको तिहारको देउसी भैलो गीत डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक भएको हो ।

‘सेलको बासना’ बोलको उक्त मौलिम गीतमा चर्चित गायिका सान्ति श्री परियार,अश्मिता अधिकारी र गायक राज सागर र रन्जन इसानको आवाज रहेको छ । गीतमा संगीत राज सागरको र शब्द निशान निष्कर्ष रहेको छ ।
चलचित्रमा लोकप्रिय कलाकारहरु बुद्धि तामाङ्ग ,सरोज खनाल ,रवि गिरि,रश्मि भट्ट,अश्मिता पन्त,अम्बिका तामाङ्ग,राजु श्रेष्ठ,सन्दिप सिक्देल ,सुष्मा कार्की,दिनेश खड्का लगाएका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी  निर्माता सुमन खड्का हुन् भने निर्माता जितेन्द्र गिरि ,तेज प्रशाद दाहाल, अर्जुन गिरी  र सह निर्माता प्रविण राई हुन् । सरोज पौडेलको कथा तथा निर्देशनमा तयार भएको चलचित्र अब केही समयम पछी प्रर्दशका लागी तयार हुने निर्माण पक्षले जनाएको छ ।

हेर्नुहाेस् भिडियाे ।

 

Comments
Related News