‘राधे’ ले कमायो २ सय ३० करोड

सिनेपत्र/काठमाण्डाै‌

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ यो बर्षको इदमा रिलिज हुन सकेन । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि चलचित्र रिलिज हुन नसकेको हो । यो चलचित्रमा प्रभुदेवाको निर्देशन छ । चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई जी स्टूडियोले महंगो रकममा खरिद गरेको छ ।

कोरोनाका कारण यो वर्ष प्रदर्शन हुन नसकेको सलमान अभिनीत चलचित्र ‘राधे’ २३० करोडमा बिकेको छ l भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स समेत समावेश रहेको चलचित्रलाई जिले किनेको हो l सलमान र  दिशा पटानी मुख्य भूमिका रहेको चलचित्रमा प्रभु देवाको निर्देशन रहेको छ l हाल पोस्ट प्रोडक्सनको काम चली रहेको चलचित्र राधे लाई  कोरोनाको महामारी चलिरहेको समयमा महँगो रकममा खरिद गरेको यो पहिलो चलचित्र हो ।

Comments
Related News