‘स्ल्युट’ को विशेष प्रदर्र्शनी (फोटो फिचर)
सिनेपत्र/काठमाण्डौं
नेपाल चलचित्रबोर्ड महिला सशक्तिकरण समितीको निर्माण रहेको लघु चलचित्र ‘स्ल्युट’ को विशेष प्रदर्र्शनी गरिएको छ । नेपाल चलचित्रबोर्डका अध्यक्ष केशव भट्टराईको सभापति रहनु भएको कार्यक्रममा प्रमुख अतिथी गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली हुनुथ्यो ।
महिलाहरु पनि पुरुष भन्दा कम हुँदैनन् । महिलाले अवसर पाए भने उनीहरुले त्यो अवसरलाई सहिसदुपयोग गर्न सक्छन् । भन्ने भाव बोकेको लघु चलचित्र ‘स्ल्युट’ लाई अम्विका भण्डारी,मेरुन राज भण्डारी, अशुका अर्यालले संयुक्तरुपमा निर्देशन गरेका छन् । सब्बु सुवेदिको पटकथा रहेको चलचित्र ‘स्ल्युट’ मा कथा तथा निर्देशन नेपाल चलचित्रबोर्ड महिला सशक्तिकरण समितीकी अध्यक्ष समेत रहेकी शवनम मुखियाँले गरिकी हुन् ।





लघु चलचित्र ‘स्ल्युट’ मा मोहन राई, शेशुका राई, बसन्तराज रिजाल, चन्द्र थापा, थामन सिङ्ग, पुर्जा पुन, ओम कृष्ण भण्डारी, बिष्णु ठकुरी, भरत रौनियार, एन्जेल श्रेष्ठ, आविष्कार रेग्मी आदि कलाकारको अभिनय रहेको छ । रेवन्त थापाको द्धन्द रहेको चलचित्रलाई अरुण शर्मा सम्पादन गरेका हुन् ।
नेपाल चलचित्रबोर्ड चावहिलको सभाहलमा संचालन भएको कार्यक्रममा चलचित्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने कलाकार तथा प्राविधिकहरुलाई सम्मान समेत गरिएको थियो ।







