‘भुइँमान्छे’ को कविता प्रतियोगीता तथा स्रष्टा सम्मान भव्य रुपले सम्पन्न (फोटो फिचर सहित)

हाम्रो कला/काठमाण्डौं

चलचित्र भुइँमान्छेको प्रायोजनमा निष्पक्ष मिडिया प्रा.लि., संसार पाक्षिक, साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा आयोजित‘ स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान’तथा राष्ट्रव्यापी कविता प्रतियोगीता कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
चलचित्रका प्रमुख निर्माता रोहिणी भट्टराईको सभापतित्वमा आयोजित बृहत साहित्यिक कार्यक्रममा देशैभरिबाट प्राप्त करिब ८० वटा कविता मध्ये छनौटमा परेका ३५ वटा कवितालाई वाचनगर्न दिएको थियो । वाचन कविता मध्ये ५ वटा कवितालाई प्रथम, द्वितीय र तृतीय (३ वटा) गरी नगदका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

वाचन कविता बाट क्रमश नुवाकोटका कवि कृष्ण मोक्तानको कविता प्रथम, सोलुखुम्बका कवि गणेशप्रसाद खतिवडाको कविता द्वितीय र काभ्रेकी कवियत्री यशोदा अधिकारी, काठमाडौंका कविहरु क्रमशः प्रकाश बस्नेत गफाडी र गोविन्द नेपालको कविता तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
श्रावण १० गते देखि श्रावण १५ गते सम्म देशै भरिबाट प्राप्तभएको कवितालाई सहित्यकारहरु हेमनाथ पौडेल, ध्रुब भट्टराई, गीता त्रिपाठीको निर्णायक मण्डलले छनौट गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा चलचित्र भुइँमान्छेको तर्फबाट बोल्दै कलाकार रमेश बुढाथोकीले साहित्यको एउटा पाटो चलचित्र भएकोले साहित्यकारसँग भेटघाट कार्यक्रम आयोजना गरिएको बताउदैं नयाँ कथा बस्तुमा फरक किसिमको चलचित्र बनेकोमा साहित्यअनुरागीहरुलाई मनपर्ने आशा व्यक्त गर्नु भयो । निर्देशक नवराज बुढाथोकीले साहित्यकारलाई मन पर्ने कलात्मक चलचित्र निर्माण गरीएको जुन बास्तविक धरातलमा रहेर सम्पुर्ण संर्घषशील मान्छेको कथालाई भुइँमान्छेमा देखाउन खोजिएको बताउनुभयो ।

आयोजका तर्फबाट बोल्दै प्रध्यापक तथा साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालमा पहिले पटक साहित्यकार र कलाकारले यसरी कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गङ्गा प्रसाद उप्रेतीले नेपालमा पहिलो पटक चलचित्रले साहित्यिक कार्यक्रम आयोजना गरी चलचित्रको बारेमा जानकारी दिनुको साथै साहित्यकारहरुलाई सम्मान गरकोमा धन्यावाद ज्ञापनगर्दै चलचित्रले राम्रो व्यापार गर्नेमा समेत विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा कार्यक्रम आयोजनाको बारेमा प्रष्ट्याउदै भुइँमान्छेका प्रमुख निर्माता रोहिणी भट्टराईले साहित्यकारलाई पनि नेपाली चलचित्रमा संलग्नगरी काँधमा काँध जोडेर अगाडी बढ्न तथा नेपाली चलचित्र विकाशको निम्ती साहित्यकार चलचित्रमा संलग्न हुन आग्रह गर्नु साथैं साहित्यकारहरु सँगको भेटघाटले थप उर्जा मिलेको समेत बाताउनु भयो ।

कार्यक्रम विभिन्न जिल्लाबाट उपस्थित अतिथि कविहरुलेआफ्ना विभिन्न रोचक र घोचक साहित्य सिर्जनावाचन गरेर सुनाउनु भएको थियो ।
कार्यक्रममा चलचित्रको प्रचारप्रसारमा सहयोग गर्ने विभिन्न ब्यक्तित्व तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अनलाईन मिडिया सहयोगी हाम्रो कला डट कम रहेको थियो ।

Comments
Related News