फरक विधाको चलचित्र ‘भुइँमान्छे’ र यसको फरक प्रचार शैली

हाम्रो कला/काठमाण्डौं/संजिव पौडेल

पछिल्लो क्रममा नेपाली चलचित्रले आफ्नो प्रमोशनको लागी राम्रो रकम खर्च गर्ने प्रवृत्ति बढेको छ । प्रमोशनमा मिडिया देखि लिएर देशव्यापी विभिन्न कार्यक्रमहरु आयोजन गर्न थालिएको छ ।

भदौ २ गते बाट नेपाल अधिराज्यभरि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भुइँमान्छे’ युनिटले पनि देशव्यापी यात्रा थालेको थियो । पोखराबाट आफ्नो यात्रा शुरु गरेको चलचित्र युनिटले बुटवल, चितवन, हैटौडा, इटहरी, धरानमा पत्रकार सम्मेलन आयोजन गर्नुको साथै विभिन्न कलेजको भ्रमण समेत गरेको थियो ।  भ्रमणको क्रममा पत्रकारहरुको जिज्ञसाको उत्तर दिनुको साथै कलेजमा विद्यार्थीसँग रमाइलो गर्दै उनीहरुसँग कलाकारहरुले आफ्नो अनुभव बाँडेका थिए ।

नेपाली कथानक चलचित्र भुइँमान्छे ले फरक प्रचारशैलीलाई अपनाउँदैं विद्यार्थीसँग प्रत्यक्ष कुराकानि गर्दा धेरै प्रभावकारी हुनाका साथै उनीहरुको मनको कुरा बुझेर अन्य चलचित्र निर्माण गर्दा ती कुरा समेट्न समेत सजिलो हुने भएकोले त्यस्तो प्रचारात्मक शैली आपनाएको निर्माण पक्ष जनाएको छ ।

चलचित्र साहित्यको एउटा पाटो मान्दै ‘भुइँमान्छे’ शिर्षकमा राष्ट्रिय खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरेको छ । काठमाडौंको एशियन फुडल्याण्ड एण्ड पाटीप्यालेसमा श्रावन २१ गते शनिबार “स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान–२०७४” नामक कार्यक्रम आयोजना हो । साहित्य बिना चलचित्र कल्पना समेत गर्न नसकिने भएकोले यो कार्यक्रम आयोजना गरेको प्रमुख निर्माता तथा कलाकार रोहिणी भट्टराईले बताए ।

मोफसलमा मात्रै सिमित नरहेर मोफसल बाहिरका दर्शकलाई चलचित्रको बारेमा जानकारी दिनु र उनीहरुको चाहना बुझ्नु एउटा राम्रो पक्षको रुपमा लिन सकिन्छ ।  पछिल्लो क्रममा मौलिक नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको यो समयमा चलचित्र भुइँमान्छेले पनि राम्रो व्यापार गर्नेमा निर्माण पक्ष आशावादी रहेको जनाएको छ ।

 

(लेखक चलचित्र ‘भुइँमान्छे’ युनिटको देशदौडाहमा सहभागी थिए ।)

Comments
Related News