कलाकार रोहिणी भट्टराईले यसरी मनाए आफ्नो जन्मदिन

हाम्रो कला/काठमाण्डौं
सामान्यतया तपाई आफ्नो जन्मदिन कसरी मनाउँनु हुन्छ ? “केक काटेर, साथीभाईलाई भोजखुवाएर” भन्ने जवाफ आउँला तर कलाकार तथा निर्माता रोहिणी भट्टराईले हरेक बर्ष आफ्नो जन्मदिन गुहेवश्री मन्दिर पछाडी रहेको प्रणवानन्द विद्यामन्दिर रहेका असाहय बालबालिकासँग मनाउने गर्छन् ।
सधैंको वर्ष जस्तै यो वर्ष पनि कलाकार तथा निर्माता भट्टराईले आज परेको आफ्नो जन्मदिन सोही विधामन्दिरका असाहय बालबालिकालाई स्कुल ड्रेस तथा स्टेशनरी सामाग्री वितरण गरी मनाएका छन् ।
कलाकार भट्टराईले हाम्रो कला सँग खुशि साट्दैं भने–“ब्यस्थता भरिएको भागदौड यो जिन्दगीमा अरु दिन कसैलाई केहि गर्न नसके पनि आज यो एक दिन यी बालबालिकासँग बिताउन पाउँदा आत्मा सन्तुष्टि मिल्छ ।” रोहिणी भट्टराई थप्छन् “आखिर जतिनै भागदौड गरे पनि खालि हातनै जानु पर्छ अलिकति सहयोग गर्न पाउँदाखुशी लाग्छ, त्यसैले एउटा भनाईनैं छ निखुशी बाँड्दा खुशी मिल्छ ।”
जन्मदिन मनाउनका लागि निर्माता तथा कलाकार रोहिणी भट्टराई लगायत भाद्र २ गते बाट नेपाल भरि प्रदर्शन आउँन लागेको चलचित्र ‘भुइँमान्छे’को सम्पुर्ण युनिट गुहेवश्री पुगेको थियो ।



