अष्ट्रेलियामा नेपाली कला, संस्कृति र समुदायको प्रवर्द्धनमा सक्रिय शसांक बस्याल

सिनेपत्र/अष्ट्रेलिया
सानै उमेरदेखि नेपाली कला क्षेत्रमा सक्रिय शसांक बस्यालले अष्ट्रेलियामा रहेर पनि नेपाली कला, संस्कृति र समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएका छन्।
काठमाडौँमा जन्मिएका बस्यालले अष्ट्रेलियामै अध्ययन पूरा गर्नुका साथै विभिन्न नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनी हाल एनआरएनए एससीसीका डेपुटी युथ कोअर्डिनेटरका रूपमा सक्रिय छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई आवश्यक सहयोग गर्नुका साथै नेपाली समुदाय, विभिन्न सांस्कृतिक महोत्सव तथा कलाकर्ममार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धनमा उनी योगदान दिँदै आएका छन्।
आगामी दिनमा युवालाई लक्षित गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई अझ सक्रिय बनाउने उनको योजना छ।
Comments
Related News
Latest Updates
Trending
Videos



