चलचित्र ‘चंगुल’को प्रिमियर शो सम्पन्न

सिनेपत्र/काठमाण्डौं

असोज १६ बाट प्रर्दशनमा आउने चलचित्र चंगुलको प्रिमियर शो बुधबार राजधानि स्थित लोत्से मलको आइएनआइ सिनेमाजमा सम्पन्न भएको छ । चलचित्रका कलाकार , सिनेमा जगतका बिशिष्ट व्यक्तित्वहरु संगै घाइते जेन्जी नेपाल सस्थाका घाइते जेन्जीहरुको पनि उपस्थिती रहेको थियो । प्रिमियर शो मा चलचित्रको टिमले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राइ लगायतका घाइते जेन्जीहरुलाइ सम्मान गरेको थियो ।

चलचित्र हेरिसके पछि चलचित्रले सकारात्मक प्रतिकृया पाएको छ । चलचित्रले समसामयीक राजनिति र त्यसको प्रभावलाइ देखाउन खोजिएको छ । गत बर्षको भएको जेन्जी आन्दोनको बिषयलाइ पनि चलचित्रले देखाउन खोजेको छ । घाइते जेन्जिहरुले चलचित्र चंगुलले आफूहरुलाइ एक बर्ष अगाडिको दिन झलझल्ली सम्झाएको बताएका छन् ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ । चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ ।

Comments
Related News