‘चंगुल’को ट्रेलरमै देखियो जेन्जी आन्दोलन

सिनेपत्र/काठमाडौं
चलचित्र चंगुलको ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल को यूटुव बाट सार्वजनिक ट्रेलरमा चंगुलले देशको राजनितिक परिवर्तनको बारे ससक्त कथा बोकेको देखाएको छ । असोज १६ गते बाट प्रर्दशनमा आउने चलचित्र चंगुल फरक तवरले अघि बढिरहेको छ । केहि दिन अघि टिजर पनि जेन्जी स्मृती सभाको भव्य मन्च बाट सार्वजनिक गरिएको थियो ।
चलचित्र रिलिज मिति सार्वजनिक संगै चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।
हेर्नुस् ट्रेलर ।

