महावीर पुनकाे नयाँ लुगाकाे खुशी

सिनेपत्र/काठमाण्डाै
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा नयाँ कपडा उपहार पाएकाे बताएका छन् ।
उपहार पाएकाेमा खुशी व्यक्त गर्दैै उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘सायद ४५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन ।’
उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको बताउदै जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।
‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उनले फेसबुकमा लेखेका छन्, ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’
उनले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न सबैमा आग्रह गर्दै केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाएका छन् ।
सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताएका छन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन्-




