बन्द भयो भारतमा टिकटक !

सिनेपत्र/काठमाण्डौं

चीन र भारतको विवाद पछिल्लो समय निकै उत्कर्षमा पुगेको छ । त्यसको प्रभाव विभिन्न क्षेत्रमा देखिन थालेको छ । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ ।

भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो चाँडै नै भारतमा गुगल प्ले स्टोर एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाटसरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको आशयको सन्देश आउनेछ तर टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको

भारतले प्रतिबन्ध लगाएको एप्स तथा ब्राउजरहरु यस प्रकार छन् ।

 

 

 

Comments
Related News