रहेनन् कलाकार हीरालाल डङ्गोल
हाम्रो कला/काठमाण्डौं
वरिष्ठ कलाकार हीरालाल डङ्गोलको ७७ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अल्सरका बिरामी डङ्गोलको क्यान्सर रोगका कारण शुक्रबार बिहान ४ः५५ बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो ।
कलाकार डङ्गोलले नेपालको हिमाली भेगदेखि तराईसम्म बस्ने चराको चित्र बनाउनु भएको छ । उहाँले बनाउनु भएका चराको चित्रको ५० औं बृहत् चित्रकला प्रदर्शनी केही महिना अगाडि राजधानीमा आयोजना गरिएको थियो ।
उहाँका श्रीमती मैयाँ डङ्गोल, छोरा पुष्पलाल डङ्गोल, ईश्वर डङ्गोल र छोरी प्रतिमा डङ्गोल, शारदा डङ्गोल, मीना डङ्गोल रहनु भएको छ ।
उहाँको छोरा ईश्वरका अनुसार कलाकार हीरालालको पशुपति आर्यघाटमा शनिवार अन्त्येष्टि गरिएको छ ।
कलाकार हीरालाल डङ्गोल प्रति हाम्रो कला डट कम परिवार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ ।



