केशव भट्टराईको परिवारलाई अभिनेत्री करिश्मा मानन्धरको होली खर्च
सिनेपत्र/काठमाण्डौं
अभिनेत्री करिश्मा मानन्धरले चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन्। उनले भट्टराईको परिवारलाई एक लाख एक सय एक रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत सहयोग गरेकी हुन्।
करिश्माले होली मनाउन राखेको रकम केशवको परिवारलाई सहयोग गरेको बताएकी छिन्। त्यसो त हरेक वर्षको होलीमा उनले आफ्नै घरमा कार्यक्रम राख्दै आएकी थिइन्। तर यो वर्ष करिश्माले विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण होली कार्यक्रम स्थगित गरेकी छिन्। त्यस्तै गत वर्ष पनि एसइई परिक्षाको कारण उनले होली मनाउन पाएकी थिइनन्।
Comments
Related News
Latest Updates
Trending
Videos



