नेटफ्लिक्सले नेपाली विषयमा चलचित्र बनाउने

सिनेपत्र/काठमाण्डौं
नेटफ्लिक्सले नेपाली विषयमा चलचित्र बनाउने तयारी थालेको जानकारी प्राप्त भएकाे छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि चलचित्र बनाउने तयारी नेटफ्लिक्सले गरिरहेकाे छ । यद्यपि यसबारे नेटफ्लिक्सले आधिकारिक रूपमा जानकारी दिइसकेको छैन ।
अहिले विषयवस्तु माथि काम भइरहेको स्रोतले बताएको छ । केही साताअघि नेटफ्लिक्सले नेपाली कलाकारकाे अडिसन लिएको थियाे तर कोही पनि छनोट नभएको बताइएको छ । सौगात मल्ललगायत केही थिएटरका कलाकारले अडिसन दिए पनि निर्माण पक्षले चित्त नबुझाएको केही अनलाइनहरूले बताएका छन् । अनलाइनहरूका अनुसार निर्देशक तथा मुख्य कलाकार नेपाली नरहने करिब निश्चित भइसकेको छ ।
नेटफ्लिक्स विश्वमै लोकप्रिय चलचित्रको अनलाइन प्लेटफर्मले हाे । जसले नेपाली कन्टेन्टमाथि बनाउन चलचित्र बनाउन लागेको हाे ।



