अभिनेत्री श्वेता खड्काको नेतृत्वमा क्यान्सर हस्पिटल बन्ने

सिनेपत्र/काठमाण्डौं

अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको थियो । विवाह भएको केहीदिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पीडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसैलाई थाहा होला । श्रीकृष्णको मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । यसरी क्यान्सरले परिवारबाट एकपछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात परेको थियो ।

त्यसयता उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन् । यसैबीच आफुलाई जस्तो पीडा अरूलाई नपरोस् र कसैले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने सोच बनाएर क्यान्सर हस्पिटल निर्माणमा जुटेको उनले बताइन् ।  उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लागी परेकी हुन् । हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ । गोदावरीको छम्पीमा हस्पिटल निर्माण सुरु हुँदैछ ।

 

Comments
Related News