शुरु भयो चितवनमा पवित्र बिक्रम बाबा मेला

हाम्रो कला/चितवन
बिक्रम बाबा मेला आजदेखी सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख श्री रामचन्द्र कडेल र श्री जङ्ग गण कसराका प्रमुख सेनानी श्री माधब थापा ज्यु बाट संयुक्त रुपमा बिधिवत रुपमा बिक्रमबाबाको पुजा आराधना गरि शुभारम्भ गर्नुभएको हो ।

परापूर्वकालदेखि थारु जातिले पूजा गर्दै आएको विक्रम बाबाको पूजा हाल आएर सबै जातजातिले एक भएर चैते दशैंको अवसरमा औसीदेखि पूर्णिमासम्म पूजाआजा गर्दै मनाउने गर्दछन् । यहाँ पूजाआजा गर्नाले सन्तान नभएकाहरूलाई सन्तान प्राप्त हुने र सन्तान हुनेहरुको संतान दीर्घायु हुने जनविश्वास रहेको छ ।

चितवन राष्ट्रिय निकुन्जभित्र रहेको एकमात्र र सबैभन्दा लामो समय चल्ने विक्रम बाबाको मेला शुरू भएको छ । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा चर्चित यो मेला औंसीबाट सुरु भई पूर्णिमासम्म चल्ने १५ दिन लामो मेला हो । चितवन निकुञ्जभित्र सालको रुखको फेदमा पूजा गरेर मेला मनाउने गरिन्छ । मेला भर्ने भक्तजनहरूका लागि १५ दिन प्रवेशमा खुल्ला गरिएको निकुञ्जले जनाएको छ ।

मेला भर्न नेपाल, भारत तथा अन्य देशबाट समेत भक्तजनहरू आउने गरेको मेला आयोजकले जानकारी दिनुभयो ।

Comments
Related News