ताप्सी पन्नुको बाल्यकाल (फोटोसहित)

सिनेपत्र/काठमाण्डौं
कोरोनाभाइरस लकबडाउनका कारण सबैजना सोशल मीडियामा बढी सक्रिय भएका छन् । बलिउड सेलिब्रेटीहरू आफ्नो क्वारेन्टाइन जीवनको शीर्षक सोशल मीडियामा प्रशंसकहरू सामु अपडेट गर्दैछन् । थ्रोब्याक तस्विर पोष्ट गर्नु देखि उनीहरूको लुकेका प्रतिभा साझा गर्नको लागी, सबैको सामाजिक सञ्जाललाई रोजेका छन् । यस्तै बलिउडकी चर्चित अभिनेत्री ताप्सी पन्नूले अहिलेसम्म सार्बजनिक नगरेको बाल्यकालका तस्बिरहरूसहित प्रशंसकहरूको लागि इन्टाग्राम मार्फत सार्बजनिक गरेकि छिन् ।

केहि समय अघि मात्रै तापसीले उनको बहिनी शगुन पन्नू र आमासँग उनको सोशल मिडिया खातामा केहि थ्रोब्याक तस्वीर साझा गरिकी छिन् । उक्त बाल्यकालको तश्बीरमा सानी ताप्सी शगुनसँग उनको आमाको काखमा बसिरहेको देख्न सक्छौं । जहाँ अभिनेत्री ताप्सी क्यामेराको लागि प्रस्तुत गर्दा उनको मिलियन डलरको मुस्कान चम्किरहेको छ भने, उनकी बहिनी कतै कतै व्यस्त रहेको तथा आमा दुबै छोरीलाई समातेर क्यामेरातिर मुस्कुराउँदैछिन् ।




यसैबीच कामको शिलसिलामा गत वर्ष चारवटा फिल्म दिए पछि, ताप्सीले गत महिना चलचित्र थप्पड रिलीज भएको छ । जुन चलचित्र सफल रह्यो । उनले उनको इनोसेन्ड अभिनयका लागि धेरैले प्रशंसा गरे । यति मात्र होइन, अभिनेत्रीले धेरै ठूला फिल्महरूमा कामको लागि हस्ताक्षर गरिसकेका छिन् । उनको अब गर्न लागेको चलचित्रहरु हसीन दिल्लरुबा, रश्मी रोकेट, मिताली राज बायोपिक र अनुराग कश्यपको अर्को र रन लोला रन रिमेक रहेको छ । यस अघि अभिनेत्री ताप्सी हसीन दिल्लरुबाको लागि हरिद्वारमा शुटिंग गर्दै थिइन् तर कोरोनाभाइरस डरपछि टोलीले शुटिंग रोक्ने निर्णय गरेको थियो ।



