रुष्ट सोनाक्षी

सिनेपत्र/एजेन्सी
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा हाल भारतमा बढ्दो बलात्कारको घटनाप्रति रुष्ट छिन् । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कोही पनि भारतको छोरी बन्न चाहिरहेका छैनन् ।’ एक महिला पशु चिकित्सकको बलात्कारपछि भएको हत्याको भत्र्सना गर्दै उनले सोधेकी छिन्, ‘आखिर यस्ता घटना बारम्बार किन दोहोरिरहेका छन् ? ’

‘देशमा कुनै पनि महिला सुरक्षित छैनन् । यदि यस्तै स्थिति रहिरह्यो भने अब कोही पनि भारतको छोरी बन्ने छैनन्,’ सोनाक्षी हाल नायक सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को प्रमोसनमा व्यस्त छिन् । उनी ‘अकिरा’, ‘हैप्पी फिर भाग जाएगी’, ‘नूर’ जस्ता महिलाप्रधानमा लिड रोल गरेकी छिन् ।


Comments
Related News
Latest Updates
Trending
Videos



