बलिउड सुपरस्टार अक्षय कुमारविरुद्ध उजुरी !

सिनेपत्र/एजेन्सी

सन् २०१९ मा बलिउड सुपरस्टार अक्षय कुमार एक नम्बर नायक बने ।

सात सय ६० करोड कुल व्यापार गरेर अक्षयले बलिउडको सिने उद्योग पकडमा राखे ।

उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । तर हालै उनीविरुद्ध प्रहरीमा परेको उजुरीले भने खैलाबैला ल्याएको छ ।

अक्षयले खेलको एउटा विज्ञापनका कारण  मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।

उनीमाथि मराठी समुदायको भावनामा चोट पु‍र्‍याएको आरोप लगाइएको छ ।

अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए ।

Comments
Related News