सलमान खानको ‘दंबग ३’ चार भाषामा रिलिज हुने

सिनेपत्र/एजेन्सी

सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ यसै वर्षको क्रिसमसमा अर्थात डिसेम्बर २० प्रर्दशनमा आउँदै छ। दर्शकमाझ प्रतिक्षित बनिसकेको यस चलचित्र चार भाषामा प्रर्दशन हुने भएको छ।

अभिनेता सलमान खानले खुद ट्वीट गर्दै बुधबार यसबारे जानकारी दिएका हुन्। चलचित्र हिन्दी, तमिल कन्नड, र तेलेगु भाषामा प्रर्दशन गरिने उनले ट्वीटमार्फत स्पष्ट पारेका छन् ।

प्रभुदेवाको निर्देशनमा बनिरहेको चलचित्रमा सलमानसँग अरबाज खान, माही गिल, पंकल त्रिपाठी, सोनाक्षी सिन्हा,तथा खिचा सुदिपको अभिनय रहेको छ। ‘दबंग ३’मा पनि सलमानले सोनाक्षी सिन्हासँगै रोमान्स गर्ने भएका छन्।

‘दबंग’, ‘दबंग २’मा सलमान र सोनाक्षीको जोडीलाई अडियन्सले खुब रुचाएका थिए । त्यसैगरी दबंगको तेश्रो सिरिजमा पनि उनीहरुको केमेष्ट्री अडियन्सले खुब रुचाउने बिश्वास गर्न सकिन्छ ।

Comments
Related News