चलचित्र ‘जजमेन्टल हे क्या’ प्रदर्शनमा, पहिलो दिनबाटै बक्सअफिसमा राम्रो व्यापार

सिनेपत्र/काठ्मान्डौ

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता रनौत राजकुमार राव र अभिनेत्री कंगना अभिनीत बहुप्रतिक्षीत फिल्म ‘जजमेन्टल हे क्या’ ले बक्सअफिसमा निकै नै राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो दिनमा ५ करोड ४० लाख कमाएको फिल्मले दोस्रो दिन सानदार कमाई गरेको छ । दोस्रो दिन फिल्मले 50% बढिको ब्यापार गरेको हो।

शनिबार फिल्मले भारतीय बजारमा ८ करोड २ लाखको व्यापार गरेको बजार विशेषज्ञ जोगिन्दर तुतेजाले ट्विटरमार्फत् जानकारी दिएका छन् । उनका अनुसार, फिल्मले दुई दिनमा कूल १३ करोड ४२ लाखको व्यापार गर्न सफल भएको छ । ओपनिङ विकेन्डमा बक्सअफिसमा फिल्मको प्रदर्शन र ग्राफ अरु पनि उकालो लाग्ने देखिन्छ ।

यो फिल्म घरेलु बक्सअफिसमा करीब २ हजार स्क्रिनमा रिलिज भएको छ । पहिलादेखि नै फिल्मले करीब ५ करोडको ओपनिङ मिल्ने अनुमान गरिएको थियो । बजार विशेषज्ञका अनुसार, हल संख्या अनुसार फिल्मको कमाई निकै राम्रो हो । यो एक साइकोलोजिकल ब्लक कमेडी फिल्म हो । यस फिल्मलाइ प्रकाश कोवेलामुदीले निर्देशन गरेका हुन् ।

फिल्म आफ्नो नामलाई लिएर पहिलादेखि नै चर्चा र विवादमा थियो । फिल्मको नाम ‘मेन्टल हे क्या’ बाट बदलेर ‘जजमेन्टल हे क्या’ राखिएको हो । कंगना र राजकुमारका अलावा बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तूरको पनि प्रमुख भूमिका छ । फिल्मलाई प्रायः पाँचमा तीन स्टार मिलेको छ । दर्शकले फिल्म निकै रुचाएका छन् ।

Comments
Related News