कपिलले कमेडी शोबाट गरे कमब्याम, हात लाग्यो हलिउड प्रोजेक्ट

सिनेपत्र/काठमाण्डाै‌ 

चर्चित कमेडियन कपिल शर्मा टेलिभिजनको दुनियामा जमेको नाम हो। उनको शो ‘द कपिल शर्मा शो’ लगातार टीआरपीको सूचीमा अगाडि छ। क्नै बेला कपिलको जीवनमा पनि यस्तै समय आएको थियो जतिबेला उनी फ्लप भएका थिए।

र उनी विवादमा तानिएका थिए। तर विवाहपछि कपिलको भाग्य चम्किएको छ। उनले सलमान खानसँग मिलेर बनाएको नयाँ शो हिट भयो। अर्को तर्फ कपिलका विषयमा ठूलो खबर सार्वजनिक भएको छ।

भारतीय संचारमाध्यमका अनुसार कपिल अब बलिउडपछि हलिउडको प्रोजेक्टमा काम गर्ने भएका छन्। कपिल शर्मालाई हलिउडका सुपरहिट एनीमेटेड फिल्म ‘एंग्री बर्ड–२’ को मुख्य भूमिका रेडलाई आफ्नो आवाज दिने अवसर मिलेको छ।

पिंकविलाको रिपोर्ट अनुसार कपिल शर्मा ‘एंग्री बर्ड–२’ को हिन्दी भर्जनमा रेडका रेललाई आफ्नो आवाज दिने भएका छन्। ‘एंग्री बर्ड–२’ को ट्रेलर रिलीज भइसकेको छ। तर हिन्दी भर्जनको ट्रेलर आउन बाँकी छ।

Comments
Related News