हरर सिनेमा गर्दै जान्हवी

सिनेपत्र /काठमाण्डाै
‘धडक’बाट बलिउडमा डेब्यू गरेकी जान्हवी कपुरले एकपछि अर्को गर्दै ठूला सिनेमा साइन गर्दै गइरहेकी छन्।
हाल उनी राजकुमार रावसँग दिनेश विजानको हरर कमेडी सिनेमा ‘रूहीअफजा’को सुटिङमा व्यस्त छिन्। यस्तोमा उनलाई अर्को एक हरर सिनेमा हात परेको छ।
यसैवर्ष ‘गली व्वाय’ जस्तो हिट सिनेमा दिएकी जोया अख्तरले आफ्नो आगामी सिनेमाका लागि जान्हवीलाई लिएको बताइन्छ। यो सिनेमा डिजिटलमा मात्र रिलिज हुनेछ। यसबारेमा आधिकारिक पुष्टि भने भइसकेको छैन्।
उनी करण जोहरको ‘दोस्ताना २’ र ‘तख्त’मा पनि अनुबन्धित छिन्। यस्तोमा जोयासँगको नयाँ सिनेमाले उनलाई नयाँ सफलता दिने अनुमान गरिएको छ।
Comments
Related News
Latest Updates
Trending
Videos



