श्रद्धा कपुर विवाह चर्चामा !

सिनेपत्र /काठमाण्डाै‌

बलिउडमा जमिरहेका नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठसँग अफेयर्स र विवाहको चर्चापछि श्रद्धा कपुर चर्चामा छिन् । यी दुवैजना पटक–पटक सँगै देखिएका पनि छन् । फेरी श्रद्धाको बिहेको चर्चा बढेको छ र उनले २०२० सम्ममा बिहे गर्ने निर्णय लिएको समेत बलिउड मिडियाले बताइरहेको छ ।

आफ्नो सम्बन्धबारे भने यी दुवै चुप नै छन् । बेलाबखत रोहनसँग विवाह हुन लागेको चर्चा हुन्छ र सेलाइ पनि हाल्छ। बीचमा उनको विवाहको कुरा सेलाइसकेको थियो तर फेरि एकाएक दुवैले विवाह गर्न लागेको चर्चा बढेको छ ।

कतिसम्म भने उनको बाबुले त मिडियाले छोरीको विवाह गरिदिएको तर आफूलाई चैँ निम्तै नआएको भनेर सटायर पनि हानिसके तर उनको विवाहको चर्चा थामिने संकेत भने छैन ।

Comments
Related News