बालबालिकासँग रमाउँदै ‘भुइँमान्छे’

हाम्रो कला/काठमाण्डौं
युथ कर्नर क्लबको आयोजनामा वसन्तपुर क्षेत्रमा आयोजित विद्यालय स्तरीय बृहत चित्रकलामा चलचित्र ‘भुइँमान्छे’ को समुहले भेटघाट गरेको छ ।
उक्त कार्यक्रममा चलचित्रको बारेमा बोल्दै निर्देशक नवराज बुढाथोकीले अन्य चलचित्र भन्दा फरक बिषयबस्तु रहेकोले फरक बिषयबस्तुमा मौलिक नेपाली चलचित्र हेर्न मन पराऊने दर्शकहरुको लागी यो चलचित्र उत्कृष्ट हुने बताउनु भयो । कलाकार रमेश बुढाथोकीले यो चलचित्र विशेष गरी विद्यार्थीले नयाँ कुरा थाहा पाउनको लागी हेर्नै पर्ने बताउनु भयो । कार्यक्रममा नायिका सिपोरा गुरुङले बालबालिकासँग रमाइलो गफगाफ गर्नु भएको थियो ।

काठमाडौँ, भक्तपुर, ललितपुर तीन जिल्लाका ४५० जना प्रतियोगी रहेका उक्त कार्यक्रममा चलचित्र भुइँमान्छेका प्रमुख निर्माता रोहिणी भट्टराईले आगामी दिनमा थप सिर्जनात्मक कार्यक्रम संचालनको निम्ति युथ कर्नर क्लबका अध्यक्ष तथा नेपाल क्योकुशिन्डो फुल कन्ट्याक एशोशिसनका अध्यक्ष केदारमान स्थापितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
चलचित्र भाद्र २ गतेबाट प्रदर्शनमा आउदैं छ ।



