इजरायलमा सांगितिक दिवा भोज २०२० हुँदै ।

सिनेपत्र/काठमाडौं

इजरायलमा कार्यरत नेपालीहरुको समुह चितवन समाज इजरायल छैटौ बर्षमा प्रवेश गरेको छ । सोहि छैटौ बर्षको पुगेको उपलक्ष्यमा चितवन समाज इजरायलको आयोजनामा सांगितिक दिवा भोज २०२० हुन गइरहेको छ ।

नेपालबाट जाने ख्यातिप्राप्त कलाकारहरुको साथमा सो कार्यक्रम संचालन हुने चितवन समाज इजरायलको संरक्षक सरिस्मा बराल (उमा)ले सिनेपत्रलाई जानकारी गराइन् । नेपालबाट कामका लागि इजरायल पुगेका नेपालीहरुसँग खुशी साटासाट गर्न तथा नेपाली कला सँस्कृतिको जर्गेना गर्नको निम्ति यो कार्यक्रम आयोजना गरेको उनको भनाई थियो ।

फ्रबुअरी १५ मा इजरायलको यार्कोन पार्क तेल अबिब आयोजना हुनेछ । कार्यक्रममा नेपाली आइडल रबि ओड, लोकदोहोरी गायीका श्रीदेबि देवकोटा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्ररेल, लोकदोहोरी गायक बैकुण्ठ महत, लोकदोहोरी गायक अमृत खाती तथा लोकदोहोरी गायक पुरुषोत्तम पौडेल सहभागी हुनेछन् ।

कार्यक्रममा सहभागीहुनेहरुको लागि सांगीतिक रमाइलोसँगै विभिन्न थरिका परिकारको पनिको व्यवस्था गरिएको जानकारी समाजका संरक्षक बरालले गराएकी छिन् ।

Comments
Related News