फेरी आउँदै ‘सप्तरङग’ !

सिनेपत्र/काठमाण्डौं

कार्यक्रम ‘सप्तरङग’को चरणको तयारी पूरा भएको छ । दोश्रो चरणमा गर्न लागीएको यो कार्यक्रम कार्तिक १७ गते सातै प्रदेशमा सुरु हुने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ ।
गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो ।
दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको जनाएको छ ।
पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

Comments
Related News