चलचित्र पत्रकार र ‘भुइँमान्छे’ बिच घम्साघम्सी

हाम्रो कला /काठमाण्डौं

आईतवारको दिन चलचित्र पत्रकार र ‘भुइँमान्छे’ टिम मैदानमा उत्रिदा चर्को घाम लागीरहेको थियो । घाम प्रवाहन गरी यी दुई टोली मैदानमा उत्रियो रातो जर्सीमा चलचित्र पत्रकार तथा निलो जर्सीमा ‘भुइँमान्छे’ को कलाकार टोली थिए । रेफ्रिको सिटी बज्यो खेल शुरु भयो । शुरु बाटनै भुइँमान्छे समुहले चलचित्र पत्रकार समुहलाई दबाबमा राखेको थियो । खेलमा हारजित भन्दा पनि कलाकारको भलिबल खेल्ने शैली देखेर हाँस्ने दर्शकको घुइँचो रहेको थियो । रमेश बुढाथोकीको भलिबल प्रतिको अनविज्ञता , सिपोरा गुरुङको पार्वफुल सर्ट , सहिन प्रजापतिको अलमलता , रोहिणी भट्टराईको सिक्ने प्रयास हेर्न लायकको थियो । खेलमा पहिलो चरणमा ‘भुइँमान्छे’ समुहले सहज तरिकाले जितेको थियो । भने दोस्रो चरणमा चलचित्र पत्रकार समुहले जित्यो ।


भाद्र २ गते देखि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भुइँमान्छे’को आयोजनमा जावालाखेल भलिबल ग्राउण्डमा चलचित्र ‘भुइँमान्छे’ समुह र चलचित्र पत्रकार समुहबिच भएको मैत्रिपुर्ण भलिबल प्रतियोगितामा ‘भुइँमान्छे’ टोली चलचित्रकी नायिका सिपोरा गुरुङको कप्तानिमा मैदानमा उत्रिएको थियो । भने चलचित्र पत्रकारको टोलि चलचित्र पत्रकार तथा समिक्षक सुरेश पौडेलको कप्तानिमा उत्रिएको थियो । कार्यक्रम सफल पार्न नेपाली राष्ट्रिय महिला भलिबलका खेलाडीहरुको समेत सहभागिता रहको थियो ।


शैली ईन्टरटेन्मेन्ट एण्ड मुमिजप्रा.लि. र शैली थिएटरको प्रस्तुती नेपाली कथानक चलचित्र ‘भुइँमान्छे’ भाद्र २ गते नेपाल अधिराज्य भर एकैसाथ प्रदर्शन हुँदैछ । पोष्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्रमा रमेश बुढाथोकी , सिपोरा गुरूङ्ग , सहिनप्रजापति , बादल भट्ट , रोहिणी भट्टराई , रामबाबु रुेग्मी , शसांकबोहोरा , आर्यान न्यौपाने , नारायण न्यौपाने , सानु ताम्रकार , सौभर ढकाल , हरि यादवआदि कलाकारको अभिनय रहेको छ । नवराज बुढाथोकीको निर्देशक रहेको चलचित्रमा प्रमुख निर्माता रोहिणी भट्टराई हुन् । सहायक निर्माता रुपमा निरुपा राज्य लक्ष्मी थापा र हरि यादव रहेका छन् ।

 

 

Comments
Related News