आयो बजारमा मधुको ‘ब्युटी ब्युटी छ’
हाम्रो कला/काठमाडौं
गायीका मधु क्षेत्रीको लोक पप ‘ब्युटी ब्युटी छ…’ गीत स्रोता तथा दर्शकमाझ आएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई म्युजिक नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो । क्रान्ति केसीले निर्देशन गरेको भिडियो ‘ब्युटी ब्युटी छ…’मा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् भने उत्सव दाहाले छायाँकन गरेका हुन् ।
मधुका यसअघि जवानी छल्कियो,पिरती लगाउन जस्ता गीत दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन् । उनको छिट्टै आउँदै गरेको गीत ‘सुदुर पश्चिम दुई अञ्चल जिल्ला ९ बटा…’ रहेको छ । यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन् । गत ७ वर्ष देखि नेपाली गीत, संगीतमा आफ्ना क्रिएशनहरु दिदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धि अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् ।
सुदुर पश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधु सबै खाले गीत गाउँने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीतमा रहेको छ । संगीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहोरी भइरहेको छ; यो राम्रो होइन’, उनी भन्छिन् । देश र देश बाहिरका विभिन्न साङ्गीत कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै ब्युटी ब्युटी छ…ले स्रोता तथा दर्शकको औधी माया पाउने दाबी गर्छिन ।
भिडियो हेनुहोस् ।
