लाइफ इज ब्युटिफुल

  • जर्मन अफिसरले गुइडोलाई कारवाहि गर्ने निर्णय गर्छन् । उनलाई मुत्युदण्ड दिनको लागिन्छ । यो दृष्य उनका छोराले बाक्सबाट चिहाइरहेको हुन्छ ।
  • सिनेपत्र/काठमाण्डौं

     

    लाइफ इज ब्युटिफुल रोबर्टो बेनिग्नीद्वारा निर्दे्शित सन् १९९७ मा प्रदर्शनमा आएको बहुचर्चित इटालियन हास्य कथानाक चलचित्र हो । निर्देशक बेनिग्नी स्वयंम प्रमुख भूमिकामा अभिनय गरेका छन् । उनीले गुइडो ओरिफिस नामक एक इटालियन यहुदीको रूपमा अभिनय गरेका छन् । यो चलचित्र आजका दिनमा पनि धेरैका लागि उत्कृष्ट चलचित्रको छवि बनाउन सफल चलचित्र हो । यस चलचित्रका अभिनेता तथा निर्देशक बेनिग्नीले सन् १९९९ मा सर्वश्रेष्ठ अभिनेता तथा सबै भन्दा राम्रो विदेशी भाषाको फिल्मको लागि ओस्कर अर्वाड समेत जितेको थियो ।


    सन् १९३९ मा, इटालीको राज्यमा, गुइडो ओरेफाइस एक जवान यहूदी हुन्छन् । जो शहर (अर्ज्जो, टस्कनीमा) काम गर्न आएका हुन्छन् । जहाँ उनका काका एलिसेओले एउटा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । गुइडोको स्वभाव हास्यपूर्ण र तीखो हुन्छ । उनी डोरा नामकी युवतीसँग एकतर्फि प्रेममा पर्दछन् । डोरा एक शिक्षिका हुन् छिन् । डोरालाई आफ्नो प्रेम देखाउन गुइडोले नाटक गर्छन् । अन्तत, डोरालाइ पनि गिइडो मन पर्छ । उनीहरु विवाह गर्छन् । उनीहरुले विवाह गरेको केहि समयमा उनीहरुको घरमा सन्तानको आगमन हुन्छ । उनीहरुको छोरा नाम जियोसिय हुन्छ । उनीहरु एक किताब पसल चलाउँन थाल्छन् । जिन्दगीका पल राम्रोसँग चलिरहेको हुन्छ यहि समय ।

    दोस्रो विश्वयुद्ध सुरु हुन्छ । गिइडो, उनका काका एलिसेओ र जियोसियो जियोसको जन्मदिनमा मनाउँने क्रममा पक्राउ पर्छन् । गिइडो र उनका अरू धेरै यहूदीहरूलाई रेलमा लगेर यातना शिविरमा राख्छिन् । जस्ले चलचित्रलाई नयाँ मोडमा लगिदिन्छ । यता डोरा आफ्नो पति र छोराको बारेमा एक गार्डसँग सोधपुछ गर्छिन् । केहि गल्ति नगरे पनि गुइडो र उनका छोरा याताना शिविरमा बन्द भएको थाहा पाए पछि डोरा आफ्नो परिवारसँग नजिक हुनको लागि रेलको याताना शिविरमा पुग्न स्वयंसेवाको काम गर्छिन् । यद्यपि शिविरमा पुरुष र महिलाहरूलाई छुट्याइएको कारण डोरा र गिइडोले कहिल्यै पनि एक अर्कालाई भेट्न पाउँदैन्न ।

    याताना शिविरमा मानौ केहि भएको छैन् । भनेर सन्देश दिनको छोराको लागि गुइडोले विभिन्न हाँस्यात्मक स्टन्टहरू देखाउँछ । शिविरमा भइरहेको घटनक्रमको बारेमा गुइडोले आफ्नो छोरालाई वास्तविक स्थिति लुकाएका हुन्छन् । गुइडोले आफ्ना छोरा जिओसलाई बताउँछन् । शिविर एउटा खेल हो । जसमा उनलाई दिइने काम गर्नुपर्दछ । प्रत्येक काम गरे बापत उनीहरुले अंक पाउँछन् । जहिले एक हजार अंक जम्म पुग्छ त्यहि बेला खेल सकिन्छ । उ छोरालाई थप सम्झाउँदै भन्छ जो रुन्छ, आफ्नी आमा चाहियो भनेर गुनासो गर्छ वा भोक लाग्यो भन्छ, उसले उसले अंक कमाऊँदैन र हार्न सक्छ । कहिलेकाँही गुइडोका छोरा उनको मनगण्थ्य खेलको साथ जान हिचकिचाउँछ , तर गुइडोले प्रत्येक पटक खेल जारी राख्न उसलाई मनाउँछ ।

    गुइडोले कथा अन्तसम्मै छोरा बचाउँनको लागि यो खेलको नाटक रच्छन् । जब जर्मनी फौजीहरु शिविर बन्द गर्ने अवस्थामा आईपुग्छन् । उनीहरुले शिविरका मानिसलाई चिहान पु¥र्याउने योजना बनाउन शुरु गर्छन् । सोहि अनुरुप हरेक शिविरका मानिसहरुलाई बाहिर निकाल्न सेना आउँदा गुइडोले छोरालाई बाकस भित्र लुकाउँछन् । सबै मानिसलाई बाहिर नदेखे सम्म, यो प्रतिस्पर्धामा भाग लिन र प्रतिस्पर्धाबाट नबाहिरिन अनुरोध गर्छन् । त्यतिकैमा जर्मन सिपाही आएर गुइडोलाई सामात्छ । यो दृष्य बाकस भित्र रहेको छोराले हेरि रहेको हुन्छ । जर्मन अफिसरले गुइडोलाई कारवाहि गर्ने निर्णय गर्छन् । उनलाई मुत्युदण्ड दिनको लागिन्छ । यो दृष्य उनका छोराले बाक्सबाट चिहाइरहेको हुन्छ । गुइडोले पनि छोराको निम्ति आफुलाई सामान्य आवस्थामा प्रस्तुत गरि रहेका हुन्छन् ।

    गुइडोलाई रेल पछाडि लगेर गोली हानि हत्या गरिन्छ । भोलिपल्ट बिहान, जिओसिय यानेकि गुइडोका छोरा असिना पसिना भएको अबस्थामा बक्स भित्र देखा पर्दछ । अमेरिकी सेना इकाई शिविर बचाउन आइपुग्छ र उनीहरुले शिविरलाई जर्मनी सेनाबाट मुक्त गराउँछन् । जिओसिय लाई आफ्नो बुबाको मृत्यु भएको कुरा थाहा हुँदैन । उनले खेल जितेको भन्ने सोच्छन् । शिविर छोड्दै गर्दा शिविरमा रहेका मानिसहरुले बिजय जुलुस लागाउँछन् । यहि जुलुसमा डोराको भेट आफ्नी आमासँग हुन्छ । यता आफ्नो बुबाले भनेझैं बालक जिओसिय उत्साहित हुँदै आफ्नी आमालाई कसरी खेल जित्यो भनेर वृत्तान्त सुनाउँछन् । चलचित्रको अन्तिममा वयस्क जिओसिय सोहि घटनाक्रम एकान्त बसेर एउटामा डाइरीमा लेखिरहेका हुन्छन् । कि उनका बुबाले उनी र उनको कथाको लागि गरेको त्यागहरूको बारेमा ।

     

    Comments
    Related News