चलचित्र ‘भूइँमान्छे’को पहिलो गीत “जिन्दगी एउटा गीत हो..” सार्वजनिक

हाम्रो कला/काठमाण्डौं

मनोवैज्ञानिक कथा बस्तुमा आधारित रहेर बनेको फरक शैलिको चलचित्र ‘भूइँमान्छे’ कोे गीत सार्वजनिक भएको छ । “जिन्दगी एउटा गीत होे..” भन्ने बोलको उक्त गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । दयाराम पाण्डेको शब्दमा संगीत/लय अर्जुन पोख्रेलले भरेका छन् ।

रमेश बुढाथोकी र सिपोरा गुरुङ्गलाई फिचर गरिएको उक्त गीतमा कविराज गहतराजको कोरियोग्राफी  रहेको छ । विभिन्न रमणिय स्थलहरुको दृश्य देख्न पाईने उक्त गीतलाई विदुर पाण्डेले खिचेका हुन् ।

चलचित्रमा रहेको तीन गीत मध्ये यो सार्वजनिक गरिएको पहिलो गीत रहेको छ । नवराज बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘भूइँमान्छे’ मा कार्यकारी निर्मातामा रोहिणी भट्टराई रहेका छन् ।

चलचित्रमा भलिवल खेलाडी सिपोरा गुरुङ्ग, नवराज बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

शैलि ईन्टरटेन्मेट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुती चलचित्र ‘भूइँमान्छे’ चलचित्र भाद्र २ गतेबाट प्रदर्शनमा आउने छ ।

हेर्नु होस् गीत ।

Comments
Related News