लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारीको गीतनैं छाडा !

सिनेपत्र/काठमाण्डाैं

लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक शिव हमालकै गीतले अश्लिलता फैलाएको आरोप लागेको छ । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको ‘पापाकी परी’ बोलको गीत मंगलबार युट्युबमा रिलिज भएको छ ।  यो गीतको चर्चा भन्दा नि निन्दा बढी भएको छ । गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

पछिल्ला दिनमा तिजका गीत माैलिक भन्दा पनि भ्युज तथा चर्चा कमाउने नाममा अश्लिल र भद्दा बन्दै गईरहेको छ । यता पट्टि सम्बन्धित सर्जकले ध्यान दिन जरुरी छ ।

हेर्नुहोस् गीत ।

Comments
Related News