गायिका सजना बास्तोलाको ‘सरकार के गरेर खाम’

सिनेपत्र/पोखरा
पोखराबाट पत्रकारिता गरिरहेकी गायिका सजना बास्तोलाको नयाँ गीत सार्वजनिक भएको छ । यतिखेर उनले ‘सरकार के गरेर खाम’ बोलको गीतमार्फत सन्देश दिइरहेकी छिन ।
सजना र विष्णु खत्रीको स्वरमा रहेको गीतले देशमा भएको राजनीतिक वितृष्णा प्रतिविम्वित गरेकाे छ । सरकारले पढेलेखेका युवा पुस्तालाई ऋण दिने भनेपनि बास्ताविकतामा यस्तो हुन नसकेको गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा शव्द रचना विष्णु खत्रीको रहेको छ । प्रसिद्ध संगीतकार आशिष अविरलले एरेन्ज गरेको गीतमा संगीत भने सर्जक स्वयमले भरेको छन् ।
साथै यस गीतको भिडियोमा युवराज वाइवाको निर्देशन रहेकाे छ भने निशान एसकेको सिनेमेटोग्राफी रहेको छ। अमृत चापागाईको सम्पादन रहेको भिडियोमा श्रमजिवी, उत्पिडीत तथा बेरोजगारी जनताको चित्कारमा विनोद न्यौपाने र जुना सुन्दासको फिचरिङ देख्न पाइन्छ ।
हेर्नुहोस् भिडियो ।




